१३ बैशाख २०८१, बिहीबार

एक हजार पाँच सय ४९ सङ्क्रमण पुष्टि, अहिलसम्म नौ हजार सात सय १३ जनाको निधन

60f7fc3acce91 fdrd

पछिल्लो २४ घण्टामा एक हजार ५४९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको दश हजार ५६९ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, तीन हजार २६५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६९८ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार ५० जना कोरोना संक्रमित निको भएका छन भने सङ्क्रमणका कारण १८ जनाको निधन भएको छ । योसँगै नौ हजार ७१३ जनाको निधन भैसकेको छ । अहिलेसम्म ९४.५७ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।