१५ चैत्र २०८०, बिहीबार

साफ च्याम्पियनसिप नेपालमा आयोजना गर्न प्रस्ताव

saff photo news 1

दक्षिण एशियाली फूटबल महासंघ साफले तीन महिनापछि साफ च्याम्पियनसिप आयोजना गर्न नेपाललाई प्रस्ताव गरेको छ ।

साफका महासिचव अनवरुल हकले अखिल फूटबल संघ (एन्फा) महासिचव इन्द्रमान तुलाधरलाई पत्र लेखेर साफ आयोजना गर्न अनुरोध गरेका हुन् ।

अब एन्फाले विस्तृत प्रस्ताव तयार गरेर पेश गर्नेछ । त्यसपछि साफका अध्यक्षसहितको कार्यकारी समितिले साफ आयोजनाको औपचारिक निर्णय गर्नेछ ।

३ दिनअघि भर्चुअल माध्यमबाट बसेको साफ सदस्य राष्ट्रबीचको बैठकमा बंगलादेशले कोरोना संक्रमणका कारण प्रतियोगिता गर्न नसक्ने बताएको थियो ।

त्यसपछि साफले नेपाललाई प्रस्ताव गरेको हो । सन् १९९७ र २०१३ मा नेपालले साफ च्याम्पियनसिप फूटबलको सफल आयोजना गरिसकेको छ ।