
नेपाली बजारमा आज सुनको मूल्यमा एक सयले गिरावट आएको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार एक सयमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य प्रतितोला ९२ हजार २ सय कारोबार भइरहेको थियो ।
तेजावी सुन प्रतितोला ९१ हजार ६ सय निर्धारण गरिएको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार २८० तोकिएको छ ।