८ बैशाख २०८१, शनिबार

भीम रावलको प्रचण्डलाई प्रश्न: के तपाईँ हाम्रोजस्तै त्याग गर्न तयार हुनुहुन्थ्यो ?

BHIM RAWAL 12 20210330182219
फाइल फोटो

नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले आफूले सांसद पदबाट राजीनामा दिएको प्रसंगमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आज गरेको टिप्पणीबारे प्रतिक्रिया दिएका छन् ।

आज (शनिबार) पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा प्रचण्डले भीम रावलको नामै नलिई सांसद पदबाट दिएको राजीनामालाई लिएर केही साथीहरु ढलेको भन्ने टिप्पणी गरेका थिए । र, रावलको राजीनामालाई पाँच दलीय गठबन्धन टुटाउने षड्यन्त्रको रुपमा दाहालले चित्रण गरेका थिए ।

दाहालको यस्तो टिप्पणी आएपछि रावलले सामाजिक सञ्जालमार्फत त्यसको जवाफ फर्काएका छन् । उनले आफ्नो राजीनामालाई दाहालले गठबन्धन फुटाउने खेल भनेको विषयलाई मनगढन्ते र हाँस्यास्पद भनेका छन् ।

उनले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) को माधव नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र जनमोर्चा सम्मिलित गठबन्धन प्रतिनिधिसभा पूनःस्थापनाको लागि गठन गरिएको पनि स्पष्ट पारेका छन् । र, प्रचण्डको स्वार्थ आफ्नो पार्टीका सांसदहरुलाई मन्त्री बनाउनुमात्रै भएको पनि उनले टिप्पणी गरेका छन् ।

उनले आफूहरु आफ्नो पार्टी फुटाएर गठबन्धनमा सहभागी हुन नगएको पनि उल्लेख गरेका छन् ।

डा भिम रावल ज्युद्वारा जारी ट्विट

E7E2oSVWYAI0fOt