११ बैशाख २०८१, मंगलवार

अमेरिकी डलर र भारतीय नोट सहित दुई जना पक्राउ

Untitled 1 1140x570 1

मोरङको बिराटनगर महानगरपालिका १७ मटेरुवा चोकबाट भारतीय नोट र अमेरिकी डलर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश लखनउ का ३४ बर्षीय अतुल कुमार र ३५ बर्षीय सन्दिप सिंह रोय रहेका छन् ।

उनिहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारतिय र अमेरिकी डलर सहित शुक्रबार दिउँसो १ बजे भारतबाट नेपाल तर्फ आउदै गर्दा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीले उनिहरुको साथबाट भारतिय नोट ५०० को २०० थान १ लाख र सन्दिप सिंह रोयको साथबाट भारतिय नोट ५०० को २१७ थान २ लाख १७ हजार ५ सय, अमेरिकन नोट १०० को २१ थान, २० को ५ थान, १० को १ थान , र १ को ४ थान नियन्त्रणमा लिएको हो ।

उनिहरुलाई आवश्यक कारबाहीको लागी आन्तरिक राजश्व कार्यालय ईटहरी पठाईएको प्रहरीले जनाएको छ ।