१२ बैशाख २०८१, बुधबार

(फोटोफिचर) टोक्यो ओलम्पिक औपचारिक रुपमा सुरु

Nepali Olympians

जापानकी नाओमी ओसाकाले ओलम्पिक ‘ज्योती’ बाल्नुभएको छ । नाओमी ओसाका टेनिस खेलाडी हुनुहुन्छ । उहाँले चार पटक ग्रान्ड स्लामको उपाधि जित्नुभएको छ । ओसाकाले ओलम्पिक दीप प्रज्जवलन गरेपछि जापानका सम्राटले ओलम्पिक खेलकूद सुरु भएको घोषणा गर्नुभयो ।

जापानको टोक्योमा सम्राट नरुहितोले ओलम्पिक खेलकूद सुरु भएको घोषणा गर्नुभयो । त्यसअघि, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका अध्यक्ष थोमस बाकले आजको दिन आशाको क्षण रहेको बताउनुभयो । यो ३२ औं ग्रीष्मकालीन ओलम्पिक हो ।

त्यसअघि, नेपाली ओलम्पियनले उद्घाटन समारोहमा नेपालको झण्डा फहराएका थिए । पौडीबाज गौरिका सिंहसहितको नेपाली ओलम्पियन तथा अधिकारीहरुको टोलिले नेपालको झण्डा बोकेर रङशालामा मार्च पास गरेका थिए ।

टोक्यो ओलम्पिक २०२० मा नेपालबाट पाँच जना खेलाडीले पाँच बिधामा स्पर्धा गर्दैछन् । गौरिका सिंह पौडी, कल्पना परियार शूटिङग, सरस्वती चौधरी एथलेटिक्स, एलेक्स शाह पौडी र सोनिया भट्ट जुडोमा स्पर्धा गर्नेछन् ।

ओलम्पिकको पहिलो दिनको खेलमा आर्चरी, फेन्सिङ्ग, जुडो, शूटिङ, त्वेक्वान्दो र भारत्तोलन विधा तर्फ स्वर्ण पदकको छिनोफानो हुनेछ ।

gourika 69
tokyo1
tokyo4 2048x1366 1
tokyo3
tokyo2
tokyo1 1
E6 lmksVUAkriyo
E6 lmkqVIAsEYnl
E6 lmkqUUAA3zAn
E6 lFfzVcAIRbH5 2048x1365 1
E6 lFf0UUAYOX4N 2048x1365 1