८ बैशाख २०८१, शनिबार

हामी प्रत्येक मन्त्रालयको अनुगमन गर्छौँ : नेम्वाङ

rs ktm4pm

नेकपा (एमाले) संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले कांग्रेसका अरु पदाधिकारीसँगै एमालेले छुट्टै गठबन्धन नबानउने बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेम्वाङले सो कुरा बताएका हुन् । “हामी नेपाली कांग्रेससँग सम्बन्ध विस्तार गर्छौँ” नेम्वाङले भने,“तर, हामी तपाईंको पार्टीका अरु नेतासँग अलग्गै गठबन्धन बनाउँदैनौँ । त्यो लोकतान्त्रिक पद्धति होइन ।”

नेम्वाङले प्रतिपक्षीले रचनात्मक सहयोग गर्ने र हरेक मन्त्रालयको अनुगमन गर्ने बताए । “हामी प्रत्येक मन्त्रालयको अनुगम गर्छौँ । कुन मन्त्रालयले के गरिरहेको छ हेर्छौँ,” नेम्वाङले भने ।

नेता नेम्वाङले सरकारबाट हुने गलत कामहरुलाई औल्याउने र सही काममा सरकारलाई सहयोग गर्ने पनि बताए ।