६ बैशाख २०८१, बिहीबार

सुजिता मृत्यु प्रकरण : आफ्नै दाईसँग प्रेम सम्बन्ध, आत्महत्या दुरुत्साहन आरोपमा दाई पक्राउ

sujita hattya 1 1024x573 1

सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले शुक्रबार पत्रकार सम्मेलन गर्दै मृतक सुजिताको ठुलबाबाको छोरा पर्ने सचिन भनिने सुकदेव भण्डारीलाई पक्राउ गरिएको जानकारी दिएको छ ।

सुजिता मृत्यु प्रकरणका अनुसन्धान अधिकृत डिसएपी इन्द्रबहादुर रानाले आत्महत्या दुरुत्साहन मुद्दामा सुजिताको दाईलाई पक्राउ गरिएको जानकारी दिए । उनलाई काठमाडौंबाट हिजो बिहीबार पक्राउ गरिएको हो ।

सुजितालाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै आमा अम्बिका भण्डारीले ६ गते जिल्ला प्रहरी कार्यालयमा सुकदेवको नाम किटान गरेर मुद्दा दर्ता गरेकी थिइन् । रानाका अनुसार सुकदेव विरुद्ध ज्यान सम्बन्धि कसुर अन्तर्गत ५ वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्नेछ ।

झापाको झापा गाउँपालिका– ६ शरणमतिका २३ वर्षीय सुकदेव र सुजिताबीच विवाह गर्ने सम्मको तयारी भएको खुलेको डिएसपी रानाले जनाए । उनीहरु विदेशमा पुगेर विहे गर्ने सोचमा रहेको पाइएको रानाले बताए । डीएसपी रानाका अनुसार असार ९ गते सुजिताले विवाह गर्न प्रस्ताव गरेपछि यी दुईबीचमा विवाद सृजना भएको थियो ।

त्यसपछि असार ११ गते सुजिता बेपत्ता भएकी थिइन् । उनी बेपात्ता भएको दश दिनपछि असार २० गते घर नजिकैको सामुदायिक वनमा मृत भेटिएकी थिइन् ।

सुजिता बेपात्ता भएको दिन दिउँसो फोन गरेर आफू अपहरणमा परेको भनेर सुजिताले आफूलाई बताएको दिदी कविताले बताउँदै आएकी छिन् ।