१६ चैत्र २०८०, शुक्रबार

ओलीलाई नेपालको जवाफ :सर्वोच्च अदालतको फैसला लोकतान्त्रिक मान्यता अनुकूल छ

madhav kumar nepal scaled
फाइल फोटो

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले पार्टीले सोधेको स्पष्टीकरणको जवाफमा सर्वोच्च आदलतको फैसला र लोकतात्रिक मूल्य मान्यता अनुसार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको स्पष्टीकरण दिएका छन् ।

नेकपा एमालेको पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणमा जवाफ दिँदै संसद र संविधान जोगाउन गरेका राजनीतिक क्रियाकलापलाई विधान विपरीत भन्न नमिल्ने बताएका छन् । हाम्रो कदम नेपालको संविधान, पार्टीको विधान, सर्वोच्च अदालतको फैसला र लोकतान्त्रिक मान्यता अनुकूल छ । यसलाई विधान विपरीत भन्न मिल्दैन, उनले भनेका छन् ।

नेता नेपालले २३ फागुनको सर्वोच्चको फैसलापछि नयाँ परिस्थितिमा पुनः पार्टी एकता प्रक्रिया अघि बढाउनुको साटो एउटा विचार समूहलाई मात्र लिएर हिँड्दा समस्या आएको बताएका छन् ।

पार्टी अध्यक्ष ओलीले गरेका गैरसंवैधानिक, विधान विपरीत, सम्मानित सर्वोच्च अदालतको आदेशको बर्खिलाप र अलोकतान्त्रिक कार्यको प्रतिवाद स्वरुप गरिएको एक लोकतान्त्रिक अभ्यासलाई वैचारिक र राजनीतिक अन्तरविरोधका रूपमा बुझ्दै सोही अनुसार वार्ता, छलफल र सहमतिमा पार्टीलाई एकताबद्ध बनाउन आवश्यक छ नेता नेपालले भनेका छन् ।