१४ बैशाख २०८१, शुक्रबार

‘आफ्नाे घरकाे माया सबैलाई हुन्छ तर अपमान सहेर बसिन्न’

madhav nepal rupandehi
फाइल फोटो

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अपमान सहेर नबस्ने चेतावनी दिनुभएको छ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसका अवसरमा काठमाण्डौको चम्पादेवीमा भएको कार्यक्रममा वरिष्ठ नेता नेपालले आफ्नो घरको माया सबैलाई लाग्ने तर त्यसो भन्दैमा अपमान र कुकर्म सहेर नबस्ने चेतावनी दिनुभयो ।

नेकपा एमालेलाई क्रान्तिकारी र आम नागरिकको पार्टी बनाउने अभियानमा अवरोध भइरहेको तर आम कार्यकर्ताको चाहनालाई कसैले रोक्न नसक्ने नेता नेपालको भनाइ छ । उहाँले अध्यक्ष केपी शर्मा ओलीले घरको बार्दलीबाट धारे हात लगाउने र कार्यकर्तालाई बाँदर जुलुस निकाल्न लगाएर नाटक मञ्चन गरेको आरोप पनि लगाउनुभयो ।

पार्टीलाई आफ्नो मुठ्ठीमा मात्रै राख्न खोज्ने, तानाशाही प्रवृत्ति देखाउने र म नै सर्वेसर्वा हो भन्ने नेतृत्वले गर्दा एमाले यो अवस्थामा पुगेको नेता नेपालको भनाइ छ ।