१३ बैशाख २०८१, बिहीबार

ओलीकै कारणले पार्टीमा बिग्रह भयोः प्रदेश सांसद खनाल

218472608 149636647252968 5724981777840499297 n

नेकपा एमालेका तर्फबाट निर्वाचित बागमती प्रदेश सांसद कृष्णप्रसाद खनालले ओलीकै कारण पार्टीमा बिग्रह आएको आरोप लगाएका छन् । उनले ओली नसचिएसम्म पार्टी एकता नहुने बताए ।

चितवन जिल्ला इन्चार्ज खनालले कम्युनिस्ट पार्टी कुनै भजन मण्डली नभएको जीकिर गरे । पुष्पलाल मित्रता केन्द्र जिल्ला तदर्थ समिति चितवनले नारायणगढमा आज (बिहीबार) आयोजना गरेको नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४३ औं स्मृतिसभा कार्यक्रममा बोल्दै उनले पार्टीभित्रको कार्यशैलीमा अनेकन मतभेदहरु रहेको बताए । ूपार्टी फुट्नुहुदैन, हामी एकताकै पक्षमा छौंू, उनले भने, ूएकताको विरोधी होइनौं, तर कसैको दास बन्न सक्दैनौं । ‘संविधानको रक्षा गर्न भोट हालेका नेताहरुसंग कुनै स्पष्ट माग्नुपर्ने अवस्था नरहेको दावी गरे । ूमाओवादी र एमाले मिल्दा त एमालेले ८१ मात्रै सिट जितेको थियो’, उनले भने, ‘पार्टी बिग्रहमा रहदा कसरी फेरि दुई तिहाइ मत आउला ।’ नविकरण अभियान नचलाउन आग्रह गरे ।

समाजवाद उन्मुख गणतन्त्रको बाटोमा मुलुक जान नसकेको दुखेसो गरे । भृकुटी कागज कारखानाको ५२ विघा जग्गा प्लटिङ गर्न मिल्ने अवस्थामा ओली नेतृत्वको सरकारलेनै पुर्याएको आरोप लगाउनुभयो ।

एमाले (खनाल–नेपाल पक्ष) चितवनका अध्यक्ष तेजेन्द्रबहादुर खड्काले आँफुहरु एकताकै पक्षमा रहेको बताए । ‘अरिङगालबाट बाँदर प्रवृत्तिबाट कम्युनिस्ट आन्दोलन सफल हुदैन’, उनले भने, ‘अहिले पनि नेताहरु सच्चिए एकता सम्भव छ ।’ एकपक्षीय ढंगले हिडेर गन्तव्यमा पुग्न नसकिने तर्क गरे । पुष्पलाल मित्रता केन्द्र ४० जिल्लामा विस्तार भैसकेको छ ।

२०७५ पुसमा स्थापना भएको केन्द्रले चितवनमा १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ । मित्रता केन्द्रका जिल्ला अध्यक्ष सूर्य शर्मा लामिछानेले पछिल्लो महाधिवेशनमा विचार नीति नेपालको पारित हुँदा नेतृत्व ओलीको बन्दा अहिलेको अवस्था भोग्नुपरेको आरोप लगाए । ‘अदालतले बारम्बार गरिएका गैरसंवैधानिक कामहरु खारेज गरिदियो, २ पटक पल्टिदा पनि चेत आएनू, पार्टी अध्यक्ष ओलीलाइ इङ्गित गर्दै भने, ूसंविधान बचाउन वैकल्पिक सरकारलाई समर्थन गरेका हौं ।’