१३ बैशाख २०८१, बिहीबार

दुई हजार सात सय १४ जनामा कोरोना सङ्क्रमण पुष्टि, थप २४ जनाको निधन

60f7fc3acce91 fdrd

आज देशभर २ हजार ७ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१२ हजार ८ सय २९ नमुनाको पिसिआर तथा एन्टीजेन परीक्षणबाट २ हजार ७ सय १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज १ हजार २ सय ८८ जना कोरोना संक्रमित निको भएका छन् । संक्रमित मध्ये हालसम्म ६ लाख ३७ हजार ६ सय ९० संक्रमित निको भइसकेका छन् ।

कोरोना सङ्क्रमणका कारण आज थप २४ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ९ हजार ६ सय ६१ पुगेको छ ।

मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा सङ्क्रमणका कारण सबैभन्दा बढी सङ्ख्यामा ६० बर्ष माथिका व्यक्ति ५ हजार १ सय ८३ जनाको निधन भएको छ ।