७ बैशाख २०८१, शुक्रबार

रावलको अड्किएको राजीनामा फिर्ता लिन आग्रह

1616752441 pic 1200x560 1
फाइल फोटो

नेपाल समूहको स्थायी कमिटी बैठकमा नगएका रावललाई भेट्न नेता नेपाल आज साँझ टोखास्थित् रावल निवास पुगेका थिए । रावलले सांसद पदबाट दिएको राजीनामाका सन्दर्भमा पनि नेपालले चासो राखेका थिए ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावल बीचको भेटवार्तामा नेता नेपालले केही नसोची तुरुन्त सांसद पदबाट दिएको राजीनामा फिर्ता लिन आग्रह गरेका छन् ।

दुई नेताबीच पछिल्लो राजनीतिक घटनाका बारे गम्भीर समिक्षा भएको बुझिएको छ । नेता नेपालले मिलेर अगाडि बढ्न आग्रह गरेको र रावलले एमाले एकतामा नै जोड दिएको बुझिएको छ ।

bhim rawal mk nepal

उक्त भेटवार्तामा रावललाई नेता नेपालले आफू अरु कुरा गर्न नआएको भन्दै सांसद पदबाट दिएको राजीनामा तुरुन्तै फिर्ता गर्न आग्रह गरेका थिए ।

रावल आज आफू पक्षीय स्थायी कमिटी बैठकमा अनुपस्थित भएपछि माप्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने दिन रावलले सांसद पदबाट राजीनामा दिएका हुन् । उनले देउवालाई विश्वासको मत दिन नहुने अडान लिएका थिए । तर, नेता नेपालले भने आफू एक्लैले भएपनि मत दिने भएपछि रावलले सांसद पदबाट राजीनामा दिएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिएपछि रावल अध्यक्ष केपी शर्मा ओलीसँग नजिकिएको चर्चा चले संगै नेपाल पक्षमा तरंग आएको छ ।

रावलले सांसद पदबाट राजीनामा दिन जाँदा राजीनामा नदिनको लागि सुरेन्द्र पाण्डे र झपट रावलले आग्रह गरेका थिए । तर, रावलले कसैको कुरा नसुनी सांसद पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा अहिले सभामुख अग्नि प्रसाद सापकोटाकहाँ पुगेर अड्किएको छ ।