६ बैशाख २०८१, बिहीबार

हामीलाई बन्दुके र अधिनायकवादी भन्नेहरु जनमतसंग्रह गर्न तयार होउ न त : विप्लव

biplav 69

नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आफूहरुलाई बन्दुके र अधिनायकवादी भनेर चित्रण गरिएको भन्दै गुनासो पोखेका छन् ।

उनले भने,‘हामीलाई यसो भन्नेहरु, लु आउ न त चुनावमा, यो लुटेरा पुँजीवाद ठीक कि जनताको समाजवाद ठीक रु चुनाव गराउन त । वाक्क भएर अस्ति बाबुरामजीले पनि भन्दै हुनुहुन्थ्यो, हामी नबिग्रेको त होईन नि, बिग्रकोमध्ये कम बिग्रेको भन्नुहोस है भन्दै हुनुहुन्थ्यो । यो साँचो कुरा हो । बाबुरामजीले ठीक भन्नुभएको छ ।’

आज (बुधबार) काठमाडौंमा पार्टीको अंग्रेजी मुखपत्र रेड फ्रन्ट विमोचन गर्दै उनले यस्तो बताएका हुन् । उनले जनमतसंग्रह गर्नुपर्ने बताए । उनले जनमतसंग्रह गर्न मिल्दैन भन्नेहरुलाई लुटेराको संज्ञा दिए । उनले भने,‘हरेक सत्ताले एउटा लुटेरा वर्ग जन्माउँछ । त्यो लुटेरा वर्गले यसैलाई अन्तिम डेमोक्रेसी भन्छ । अन्तिम हो यो रु’ नेपाली जनताले वैज्ञानिक समाजवादको पक्षमा मत हाल्ने पनि उनको दाबी छ ।