७ बैशाख २०८१, शुक्रबार

बागलुङमा साउन १४ गतेसम्म निषेधाज्ञा थप

lockdown.jpg 1

कोरोनाका सक्रिय संक्रमित २ सय जनाभन्दा कम नभएसम्म निषेधाज्ञा लगाउन पाउने अधिकार प्रयोग गरेर जिल्ला प्रशासन कार्यालय बागलुङले निषेधाज्ञा थप गरेको छ ।

जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको सिफारिसपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा बसेको बैठकले साउन १४ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याएको हो ।

जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या नघटेकोले गत असार २४ गतेको निर्णय यथावत् राख्दै निषेधाज्ञा लम्ब्याउनु परेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो ।