१३ बैशाख २०८१, बिहीबार

टोखा पुगे माधव नेपाल भीम रावललाई भेट्न

1616752441 pic 1200x560 1

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भीम रावल भेट्न उनकै निवास टोखा पुगेका छन् ।

आज बसेको आफूपक्षीय स्थायी कमिटी नेताहरूको बैठकमा रावल सहभागी नभएपछि नेपाल रावललाई भेट्न पुगेका हुन् ।

सांसद पदबाट राजीनामा दिएर एमालेका दुवै पक्षसँग असहमति राखेका रावल माधव नेपालका मुख्य सहयोगी थिए । तर, नेपालले आफ्नो आग्रह नमानी शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि रावल असन्तुष्ट भएर राजीनामा दिइसकेका छन् । यद्यपि उनको राजीनामा स्वीकृत भइसकेको छैन ।