६ बैशाख २०८१, बिहीबार

एक्तिस सय आठमा कोरोना संक्रमण पुष्टि, पच्चिसको निधन

covid death

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या हिजोको भन्दा बढी हो । सोमबार २ हजार २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएका ८ हजार ८ सय ३६ पीसीआर परीक्षणबाट २ हजार २ सय २ र ४ हजार २ सय ९९ एन्टिजेन परीक्षणबाट ९ सय ६ मा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५ सय ९५ संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३४ हजार ९ सय २७ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा २५ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ९ हजार ६ सय ७ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।