७ बैशाख २०८१, शुक्रबार

क्रिकेट रंगशालालाई मलेसियामा कार्यरत युवाहरुले गरे आर्थिक सहयोग

215004641 791521248196417 956886485552870938 n

मलेसियामा कार्यररत नेपाली युवाहरुले चितवनको भरतपुर–१५ मा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको तीन वटा कुर्चीमा आफ्नो नाम लेखाएका छन् ।

सामसुङ इलेक्ट्रोनिक्स कम्पनीमा कार्यरत नेपालीहरुले ४ लाख ३ हजार २ सय ८८ रुपैयाँ सहयोग गरेर ३ वटा कुर्सीमा नाम लेखाएको रंगशाला निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले जानकारी दिए । तीन वटा कुर्सीमा युवाहरुले ‘सेमा नेपाली समूह’ नाम लेखाएका छन् ।

रंगशाला निर्माणमा सहयोग गर्नका लागि सो कम्पनीमा कार्यरत नारायण परियार, राजु थापा, ईश्वर गिरी, खिमप्रसाद रेग्मी, अजय कुमार, विष्णु नेपाली, विवेक गौतम, अमृत श्रेष्ठ, विष्णु पन्थी, कृष्ण हरि थापा, सूर्य खाँण, रामु राई, सुबास बम र विनोद लामाले विशेष भूमिका खेलेका थिए । फाउण्डेशनले रंगशाला निर्माण अभियानमा सहयोग गरेकोमा कम्पनीमा कार्यरत सबैलाई धन्यवाद प्रकट गरेको छ ।

जनस्तरबाट निर्माण भइरहेको नेपालको पहिलो रंगशाला ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ अहिले आर्थिक अभावमा केही बनेको छ । रंगशालाको मुख्य मैदानमा अहिले दुबो रोपी सकिएको छ भने ३ हजार क्षमताको प्याराफिट निर्माण भइरहेको छ । मुख्य प्याराफिटहरु आर्थिक अभावले तिव्र गतिमा अघि बढ्न सकेको छैन । फाउण्डेशनलाई रंगशाला निर्माण गर्दा अहिलेसम्म १४ करोड बढी ऋण लागेको छ ।