८ बैशाख २०८१, शनिबार

गोविन्द केसीले देउवा सरकारसामू राखे पाँच बुँदे माग

Dr kc

चिकित्सा शिक्षा सुधारका अभियानी डा.गोविन्द केसीले नयाँ सरकार समक्ष बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरूलाई तत्काल पदमुक्त गर्नुपर्नेलगायतका पाँच बुँदे माग राखेका छन् । सोमबार डा. केसीले नयाँ सरकारसामू पाँच बुँदे माग राखेका हुन् ।

उनले बीपी प्रतिष्ठानमा जालसाजी र भ्रष्टाचार प्रमाणित भएका पदाधिकारीहरुलाई तत्काल पदमुक्त गर्नुपर्ने माग राखेका छन् । प्रतिष्ठानमा हाल चलिरहेको आन्दोलनका सबै मागहरु पूरा गरेर संस्था सुधारलाई अघि बढाउनुको विकल्प नरहेको समेत उनको भनाइ छ ।

बीपी प्रतिष्ठान लगायत कुनैपनि विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्त गर्दा मापदण्ड निर्धारण कार्यदलको सिफारिस अनुसार निष्पक्ष रुपमा गर्नुपर्ने माग राखेका छन् ।