८ बैशाख २०८१, शनिबार

क्यान्सर अस्पतालको निर्माण गर्दे अभिनेत्री स्वेता खडका

shweta khadka

लामो समयदेखि समाजसेवामा सक्रुय रहेकि अभिनेत्री स्वेता खडकाले क्यान्सर अस्पताल निर्माण गर्ने भएका छिन । उनिसँगै क्यान्सर रोग बिशेषज्ञ डाक्टरहरुको समुह मिलेर ललितपुरको गोदावारी नगरपालिकाको छम्पिमा अस्पताल निर्माण गर्न लागेको हो ।

नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरको सोमबार शिलान्यास गरिएको हो । अस्पतालको निर्माण कार्य २ बर्षमा सक्ने लक्ष्य लिइएको छ ।

आफ्नो श्रीमान श्रीकृष्ण श्रेष्ठ र आफनो भिनाजुलाइ क्यान्सरबाट गुमाएकि स्वेताले क्यान्सर अस्पतालको स्थापना गर्न लागेकी हुन । क्यान्सर अस्पताल निर्माण गर्ने ५ बर्ष्अगाडिबाट सोच रहेको र नेपालको उत्कृष्ट क्यान्सर अस्पताल निर्माण गर्नमा कुनै कसर बाकि नराख्ने स्वेताले बताएकि छिन । अस्पताल शय शैयाको बन्ने भएको छ ।

sweta khadka

क्यान्सर रोगबाट पिडित तथा उपचार गर्न पैसा नभएका हरुको लागि सस्तो र शुलभ मुल्यमा उपचार गर्न पाउन भन्ने उदेश्यका साथ अस्पतालको निर्माण गर्न लागिएको र अस्पताल निर्माणको लागि सबैसँग सहयोगको अपिल समेत गरेका छिन । भने यस अस्पतालबाट आफुहरुले पैसा कमाउने उदेश्य नरहेको र समाजिक कार्यको लागि अस्पताल निर्माण गर्न लागिएको स्वेताले बताइन ।

क्यान्सर रोग लागेपछि निको हुदैन भन्नेहरुको लागि अभिनेत्री मनिसा कोइरालको उदाहरण दिदै हामि क्यान्सर भन्ने बितिक्कै होप्लेश हुन्छौ र यदि समयमै उपचार भए निको हुने कुरा पनि बताइन । पछिल्लो पटक फिल्म कान्छि मा देखिएकि स्वेता त्यसयता कुनै फिल्ममा देखिएका छैनन । बरु समाजसेवामै ब्यस्त रहेकि छिन ।

उनले भुकम्पले ध्वस्त भएको सिन्धुपलान्चोकमा माझि बस्ती निर्माण गरिरहेको छिन भने राजधानिको बिभिन्न ठाउमा क्याफे सञ्चालन गर्दे आइरहेकि छिन ।