१३ बैशाख २०८१, बिहीबार

संयुक्त राष्ट्र सङ्घको र्याङकिङमा नेपाली सेना दोस्रो स्थानमा

army
फाइल फोटो

नेपाली सेना संयुक्त राष्ट्र सङ्घको Troops/Police Contrributing Countries Ranking मा दोस्रो स्थानमा पुगेको छ ।


संयुक्त राष्ट्र सङ्घको १२ वाट शान्ति स्थापनार्थ मिसनहरूमा सहभागी भइरहेको नेपाली सेना राष्ट्र सङ्घको र्याङकिङमा तेस्रो स्थानबाट अहिले दोस्रो स्थानमा पुगेको नेपाली सेनाले जनाएको छ ।

राष्ट्र सङ्घले विभिन्न मिसनमा फौजको सङ्ख्या घटाइरहेका नेपालको राम्रो कार्य क्षमताका कारण सङ्ख्या नघटाई थप सङ्ख्यामा माग भइरहेको र र्याङकिङमा दोस्रो स्थानमा पुगेको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौडेलले जानकारी दिनुभयो ।


विश्वका विभिन्न द्वन्द्वग्रस्त देशहरूमा संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ तैनाथ करिब १ सय २१ राष्ट्रहरू मध्ये सङ्ख्याका आधारमा बङ्गलादेश, नेपाल, भारत, इथियोपिया र रुवान्डा रहेको नेपाली सेनाले जनाएको छ ।