
भारतको आर्थिक राजधानी मुम्बई शहरको दुई अलग अलग स्थानमा भवन र पर्खाल भत्किदा कम्तिमा २२ जनाको निधन भएको छ । मुम्बईको बिक्रोली र चेमबुर क्षेत्रमा उक्त घटना भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
समाचार संस्था एएनआईका अनुसार भरतनगर क्षेत्रको चेमबुरमा १७ जनाको मृत्यु भएको छ । भूस्खलनपछि पर्खाल भत्किदा वरिपरिका मानिस चेपिन पुग्दा निधनको घटना भएको बृहणमुम्बई नगर निगमले जनाएको छ । त्यसैगरी, भिक्रोलीमा समेत यसै प्रकृतिको घटनामा पाँच जनाको निधनभएको छ । भारी वर्षापछि भूस्खलन हुनु, जमीन भासिनु र पुरानो भवन भत्किनु भारतको ठूलो शहरमा सामान्य भइसकेको छ ।