१३ बैशाख २०८१, बिहीबार

देउवा सरकारको निर्णयः ओली सरकारले गरेको ११ देशको राजदूत सिफारिस खारेज

ros ktm 3

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर नेतृत्वको सरकारले नेपाली राजदूत नियुक्त गर्न गरिएको सिफारिस खारेज गरेको छ । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले ११ मुलुकका लागि नेपाली राजदूत नियुक्त गर्न गरेको थियो ।

सो निर्णय पूर्णरुपमा खारेज गरिएको एक मन्त्रीले बताए । ती मन्त्रीका अनुसार आज बसेको मन्त्रीपरिषद् बैठकले संसदीय प्रक्रिया छलेर मन्त्रिपरिषद्बाट गरिएका सबै निर्णय खारेज गरेको हो । प्रतिनिधि सभा विघटनको अवस्थामा ओली नेतृत्वको सरकारले विभिन्न मुलुकका राजदूत नियुक्त गर्न जेठ १ गते सिफारिस गरेको थियो ।

ओली सरकारले रसियाका लागि जंगबहादुर चुहान, अष्ट्रेलियाका लागि सुम्निमा तुलाधार, म्यानमारका लागि नारायणप्रसाद संग्रौला, ब्राजिलका लागि कुलप्रसाद नेपाल, डेनमार्कका लागि सुमित्रा सुवेदी, साउदी अरेवियाका लागि मेराज मुसलमान र बहराइनका लागि युवराज कार्कीलाई राजदूतमा नियुक्त गरेको थियो ।

त्यस्तै ओली सरकारले अस्ट्रियाका लागि निर्मलराज काफ्ले, श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, इजिप्टका लागि जीवनप्रकाश श्रेष्ठ, दक्षिण कोरियाका लागि कृष्णचन्द्र शर्मालाई राजदूत नियुक्त गरेको थियो ।