११ बैशाख २०८१, मंगलवार

भारती सिंहको खुलासा : स्टेज शोमा मान्छेहरुले गलत तरिकाले छुन्थेँ

bharti

भारतिय कमेडियन भारती सिंहले हालै मनीष पालको ‘च्याट शो’मा आफ्नो व्यक्तिगत जीवनमा घटेको एक घटना बारे बताएकी छन् । उनले आफ्नो करियरको सुरुवाती दिनहरुका स्टेजमा शो कार्यक्रममा मानिसहरुले गलत तरिकाले छुने गरेको रहस्य खुलाएकी छन् ।

‘लाफ्टर क्वीन’ भारती सिंहले मनीषको शोमा आफ्नो करियरका बेला भएको घटनालाई अहिले बताएकी पछि उनको चर्चा हुन थालेको छ । उनले कस्ता समस्याहरु भोगेकी थिइन भन्ने कुरा अहिले बाहिर आएको हो ।

कुराकानीका क्रममा आफुले सुरुवाती दिनहरुमा आफ्नी आमालाई साथमा लिएर कार्यक्रममा जाने गरेको बताउदै करियरको सुरुवातमा कुन तरिकाले छुन्छन् ? कस्तो व्यवहार गर्छन् ? भन्ने व्यवहार आफुले भोगेको स्पष्ट पारेकी छन् । ‘कसैले मेरो कम्मरमा हात राख्यो । तर मलाई थाहा थिएन कि युवतीहरुलाई यस्तो तरिकाले छुनु नराम्रो मानिन्छ’,उनले भनेकी छन् ।

    सम्बन्धित समाचार...