६ बैशाख २०८१, बिहीबार

केन्द्रीय सदस्य घिमिरेमाथि आक्रमण गर्नेलाई कारबाही गर्न काँग्रेसको निर्देशन

congress

नेपाली काँग्रेसले पार्टी केन्द्रीय सदस्य श्यामकुमार घिमिरेमाथि आक्रमण गर्नेलाई अनुशासनको कारबाही गर्न अनुशासन समितिलाई निर्देशन दिएको छ ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज भएको पार्टी पदाधिकारी सहितको छलफलपछि केन्द्रीय सदस्य घिमिरेमाथि भएको आक्रमणका सम्बन्धमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेत लगायतका व्यक्तिसँग २४ घण्टाभित्र स्पष्टीकरण लिई ३ दिनभित्र कारबाहीको टुङ्गो लगाउन अनुशासन समितिलाई निर्देशन दिइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।