८ बैशाख २०८१, शनिबार

बालुवाटारमा काँग्रेस पदाधिकारी बैठक सुरु

congress met baluwatar JgRQiqHZ5w

नेपाली काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार अपरान्ह ३ बजे बैठक सुरु भएको हो ।

बैठकमा पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारी अतिरिक्त अन्य नेताहरु पनि सहभागी छन् । मंगलबार सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि बालुवाटारमा काँग्रेस बैठक बसेको छ ।

आज बिहान मात्र बालुवाटार प्रवेश गरेका प्रधानमन्त्री देउवाले पदाधिकारी बैठक बालुवाटारमै राखेका हुन् ।

बैठकमा पार्टीको १४ औं महाधिवेशन र पार्टीबाट सरकारमा पठाउने मन्त्रीका सन्दर्भमा छलफल भइरहेको काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।