१३ बैशाख २०८१, बिहीबार

पोखराका मेयर जिसीलाई मस्तिष्कघात हेलिकप्टर मार्फत काठमाडौ लगियो

60f13d833559f pp

पोखराका मेयर मानबहादुर जिसीलाई मस्तिष्कघात भएको छ । थप उपचारका लागी उहाँलाइ भरखरै काठमाडौं लगिएको छ ।

बिहान ४ बजे अप्ठेरो महसुस गरेका जिसीलाई तुरुन्तै मणिपाल शिक्षण अस्पताल लगिएको थियो चिकित्सकले जिसीलाई मस्तिष्कघात पुष्टि गरेका थिए । थप उपचारका लागि मनिपाल हस्पिटलबाट हेलिकप्टर मार्फत काठमाडौं लगिएको मेयरका प्रेस सल्लाहकार माधव बरालले जानकारी दिनु भयो । हेली एभरेष्टमार्फत उहाँलाई काठमाडौं बाँसबारीस्थित स्नायु (न्युरो) अस्पतालमा लगL उपचार गरिने भएको छ ।

उच्च रक्तचापका कारण जिसीको मुटुको दाहिनेतिरको नसामा सानो अवरोध देखिएकोले देब्रेहरमा समस्या देखिएपनि जिसी हल्का बोलचाल गर्न सकिरहेको जानकारी पनि बरालले बताउनुभयो ।