१५ चैत्र २०८०, बिहीबार

अध्यादेशमार्फत कर्णाली प्रदेश सरकारले ल्यायो बजेट

karnali sarkar

कर्णाली प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याएको छ । सरकारको सिफारिस प्रदेश प्रमुख गोबिन्दप्रसाद कलौनीले बजेट सम्बन्धि प्रदेश बिनियोजन अध्यादेश २०७८ र प्रदेश आर्थिक अध्यादेश २०७८ जारी गर्नु भएको हो ।

संसदबाट बजेट पारित गर्न नसके पछि सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो । एमालेले सरकारले दलीय व्यवस्था मिचेको भन्दै निरन्तर संंसद अवरुद्ध गरे पछि सरकारले बुधबार चालु आधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउने तयारी थालेको थियो ।

बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले प्रदेश बिनियोजन अध्यादेश २०७८ र प्रदेश आर्थिक अध्यादेश २०७८ जारी गर्न सिफारिस स्वीकृति गर्ने निर्णय गरेको थियो । सरकारले प्रदेशसभामा असार १ गते ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट ल्याएको थियो । सोही बजेटलाई नै अध्यादेशमार्फत ल्याएको हो । सरकारले चालु आर्थिक वर्षको बजेटमा स्वास्थ्य, शिक्षा, उत्पादन, कृषि तथा रोजगारीलाई प्राथमिकता दिएको छ ।