८ बैशाख २०८१, शनिबार

तलब नदिई कम्पनीले निकालेपछि २४ जना नेपाली कामदार साउदीमा अलपत्र

saudi 1024x448 1

साउदी अरबमा कम्पनीले कामबाट निकालेपछि २४ जना नेपाली कामदार अलपत्र परेका छन् । साउदीको टोपाज गल्फ नामक कम्पनीले तलब नदिई कामबाट निकालेपछि २४ नेपाली अलपत्र परेको गुनासो गरेका हुन् ।

कम्पनीले झण्डै ७ महिनाभन्दा बढी वेतलवी बिदा दिएर राखेपछि कामदारले अदालतमा मुद्दा दायर गरेका थिए । मुद्दाको फैसला कामदारहरुको पक्षमा आए पनि उनीहरुले पैसा र एक्जिट भिसा नपाएको जानकारी दिएका छन् ।

कम्पनीले कामबाट निकालेपछि रोजगार बिहिन भएका २४ नेपाली अहिले साउदीस्थित जुबेलमा रहेको अर्घाखाँचीको मालारानी स्थायी घर भएका पीडित नेत्र विसीले बताए । साउदीस्थित नेपाली दूतावासलाई पटकपटक फोन गरेर जानकारी गराए पनि वास्ता नगरेको बिसीले बताए । करिव दुई महिनादेखि एउटा कोठामा दिन काट्न बाध्य भएको उनले बताए ।

नेपाल फर्कन पैसा नभएको, कम्पनीले पैसा नदिएको र साउदीस्थित नेपाली दुतावासले पनि वेवास्ता गरेको उनीहरुले भनेका छन् । साउदीमा प्रयोग हुने कार्ड कम्पनीले नवीकरण नगरिदिएपछि उनीहरु अदालत पुगेका थिए । अदालतले नवीकरण गर्न र सम्पूर्ण तलब पूर्ती गर्न आदेश दिएपनि कम्पनीले आदेश पालना गरेको छैन् । भोजपुर स्थायी घर भएका अर्का युवा भरत राईले भने, दुतावासलाई फोन गर्दा उल्टै हामीलाई फोन नगर्नु भन्दै फोन काट्ने गरेको छ ।