१३ बैशाख २०८१, बिहीबार

कोरोनाका कारण इरानका सर्वोच्च नेता खामेनेइका सल्लाहकारको निधन

dd8957a112da517622c9a30537cff860 w1000 h500 cp

कोरोनाभाइरसका कारण इरानका सर्वोच्च नेता आयोतल्लाह खामेनेइका सल्लाहकारको मृत्यु भएको छ।

सोमबार ७१ वर्षका मोहम्मद मिरमोहमादीको मृत्यु भएको इरानी अधिकारीहरुले पुष्टि गरेका छन्। मोहम्मद इरानको सल्लाहाकार समितिका महत्वपूर्ण सदस्य थिए।

यसअघि, देशका प्रमुख धर्मगुरुमध्ये एक रहेका हादी खोस्रोसाहीको बिहीबार कोरोनाभाइरसकै संक्रमणका कारण मृत्यु भएको थियो ।

इरान चीनबाहिर कोरोनाबाट ग्रस्त मूलुकमध्ये एक प्रमुख राष्ट्र हो। इरानमा हालसम्म् ९७८ जना संक्रमित छन्। त्यहाँ ५४ जनाको मृत्यु भइसकेको छ।

कोरोना हाल विश्वका ४५ भन्दाबढी मूलुकमा फैलिसकेको छ। कोरोना प्रकोपले यतिबेला महामारीको रुप लिने खतरा देखिएको छ।