७ बैशाख २०८१, शुक्रबार

चितवनबाट हराएकी युवती बारामा भेटिइन्

bepatta 1

चितवनबाट हराएकी युवतीलाई प्रहरीले उद्धार गरेको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका–१३ की १९ वर्षीया दिपशिखा तिवारी गत वैशाख १ गतेदेखि घरबाटै हराएकी थिइन् ।

उनका बुबा किरण चन्द्रले हुलियासहित खोजतलासका लागि प्रहरीमा निवदेन दिएपछि उनको खोजी व्यापक पारिएको थियो । सादा पोशाकमा समेत प्रहरी टोली परिचालन गरिएको थियो । अन्ततः चितवन प्रहरीले बाराको सिमराबाट तिवारीलाई हिजो (बुधबार) उद्धार गर्न सफल भएको छ । ती युवतीलाई आफन्तको जिम्मा लगाइएको छ ।

पछिल्लो समय चितवनबाट युवतीहरु हराउने क्रम बढ्दो छ । चितवनको भरतपुरबाट हराएकी गैंडाकोटकी बिना सापकोटा अझै बेपत्ता छिन् । यस्तै राप्ती नगरपालिका–३ बाट हराएकी सुजिता भण्डारी भने मृत अवस्थामा भेटिएकी थिइन् ।