७ बैशाख २०८१, शुक्रबार

मौसम अपडेट आज र भोलि दिउँसोपछि पानी पर्ने सम्भावना

WEATHER rain

अहिले देशका धेरै ठाउँमा पानी पर्न रोकिएको छ । आज र भोलि लगातार झरी पर्ने सम्भावना नदेखिएको मौसमविद्ले बताएका छन् । बिहान र दिउँसोको समयमा पानी नपरे पनि बेलुका र रातिको समयमा पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज वाग्मती, गण्डकी, सुदूरपश्चिम र प्रदेश-१ का केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ । यस्तै यी प्रदेशमा चट्याङ्ग पर्ने सम्भावना पनि रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ । यसपालि मनसुन भित्रिएसँगै लगातारजसो भइरहेको वर्षाले धेरै ठाउँमा बाढी पहिरो गएको छ । नेपालमा जेठमा मनसुन भित्रिएको थियो ।यसपालि अझै ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम धेरै रहेको विज्ञले बताउँदै आएका छन्