१४ बैशाख २०८१, शुक्रबार

सर्वोच्चको सरकारलाई आदेश : आवश्यक परे अन्तर्राष्ट्रिय उडान रोक्नू

Supreme Court 43KnAVGEAY

सर्वोच्च अदालतले कोभिड-१९ नाम दिइएको कोरोनाभाइरसको संक्रमण रोक्ने आवश्यक कदम चाल्न सरकारलाई अन्तरिम आदेश दिएको छ।

कोरोना भाइरसको संक्रमण रोकथामका लागि सर्वोच्च अदालतले आवश्यक परे अन्तर्राष्ट्रिय उडान रोक्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो।

कोरोनाको गम्भीर संक्रमण फैलिएका देशहरुबाट सोझै वा ट्रान्जिट भएर आउनेहरुलाई स्वास्थ्य परीक्षण विना प्रवेश नदिन पनि आदेश दिएको छ ।

अधिवक्ता पूर्ण राजवंशीले कोरोना प्रभावित देशबाट नेपाल भित्रनेहरुको स्वास्थ्य परीक्षण गर्न, प्रभावित देशसँगको उडान रद्द गर्न र त्यहाँका नागरिकलाई भिसा नदिन अन्तरिम आदेश माग गर्दै रिट दिएका थिए । त्यसमा सुनुवाई गर्दै सोमबार न्यायाधीश तेजबहादुर केसीको इजलासले सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

आदेशमा स्थलमार्ग र त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रवेश गर्नेहरुको कडाईका साथ स्वास्थ्य जाँच गर्न भनिएको छ ।

नेपालमा अहिलेसम्म कोभिड(१९ को धेरै संक्रमित फेला परेका छैनन्। केही समयअघि एक जनामा उक्त भाइरस देखिए पनि उनी उपचार गरेर घर फर्किसकेका छन्।

आइतबारमात्र एक जना चिनियाँसहित चार जनालाई कोभिड-१९ को आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा अस्पतालमा आइसोलेसनमा राखेर उपचार भइरहेको छ।

‘कोरोना भाइरसको संक्रमण गम्भीर रुपमा फैलिएको चीन, जापान, दक्षिण कोरिया, बहराइन, इरानज आदि देशबाट साझै वा ट्रान्जिट भएर विमानस्थलमाअवतरण गर्ने उडानको अवस्था र परिस्थिति मूल्यांकन गरी जनताको स्वास्थ्यसम्बन्धी राष्ट्रिय हितलाई ध्यानमा राखी केही दिन र महिनाका जागि अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने र तीन देशका नागरिकलाई स्वास्थ्य परीक्षण विना प्रवेशमा रोक लगाउनू ।’

संक्रमण लाग्न र फैलिन नदिन तथा दैनिक उपभोग्य वस्तुहरुको अभाव हुन नदिन पनि सर्वोच्चले भनेको छ ।

1 sc
2 sc
3 sc