११ बैशाख २०८१, मंगलवार

पाँच गोल गर्दै गोल्डेन बुट रोनाल्डोलाई

ronaldo 980286

पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले युरोपेली च्याम्पियनसिप २०२० को गोल्डेन बुट जितेका छन् । उनले प्रतियोगिताभर कुल ५ गोल गर्दै यो अवार्ड हात पारेका हुन् ।

इटालीविरुद्ध फाइनलमा इंग्ल्यान्डका कप्तान ह्यारी केन र रहिम स्टर्लिङलाई यो अवसर रहेपनि उनीहरुले गोल गर्न नसकेपछि रोनाल्डोले नै यो अवार्ड हात पारेका हुन् । रोनाल्डोको टोली पोर्चुगल राउन्ड अफ १६ बाट बाहिरिएपनि रोनाल्डोले समूह चरणको तीन खेलमा नै ५ गोल र एक असिस्ट दिएका थिए ।

त्यसपछि अन्य राष्ट्रका खेलाडीले गोलमा रोनाल्डोको उछिन्न सकेनन् । चेक रिपब्लिकका प्याट्रिक सिकले ५ गोल गरेपनि उनी असिस्टमा पछि परे । रोनाल्डो युरोपेली च्याम्पियनसिप इतिहासकै सर्वाधिक गोलकर्ता समेत हुन् । उनले कुल १४ गोल गरेका छन् ।

Cristiano Ronaldo Wins Euro 2020 Golden Boot1

फाइनलमा इटालीसँग पेनाल्टी सुटआउटमा ३–२ ले पराजित भएका इंग्ल्यान्डका कप्तान ह्यारी केनले चार गोल गरे । चार गोल गरेका फ्रान्सका करिम बेन्जेमा सर्वाधिक गोलकर्ताको सुचीमा तेस्रोमा रहे । चार गोल गर्नेमा युरोको उपविजेता इंग्ल्यान्डका कप्तान ह्यारी केन, बेल्जियमका रोमेलु लुकाकु रस्वीडेनका इमिल फोर्सवर्ग रहेका थिए ।

फाइनलमा दुई पेनाल्टी बचाएका र च्याम्पियनसिपभर नै उत्कृष्ट प्रदर्शन गरेका इटालीका गोलरक्षक जियानलुइजी डोन्नररुम्मा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए ।