८ जेष्ठ २०८१, मंगलवार

५० वर्ष माथिका सबै, शिक्षक, यातायात मजदुरदेखि शरणार्थीसम्मले खोप लगाउन पाउने

Hessler CVvaccine

चीन सरकारले उपलब्ध गराएको भेरोसेल तथा अमेरिकाले उपलब्ध गराएको जोन्सन एण्ड जोन्सनको खोप लगाउने प्राथमिकता निर्धारण गरेको छ । भेरोसेल खोप ५५ वर्षमाथिका सबै विश्वविद्यालयका प्राध्यापक, शिक्षकर कर्मचारी तथा सार्वजनिक यातायातका कर्मचारीलाई प्रथामिकतामा राखेर दिइने भएको छ ।

त्यस्तै, अत्यावश्यक सेवामा कार्यरत खोप लगाउन बाँकी र खोप अनिवार्य गरिएका देशमा जाने नेपाली नागरिकलाई लगाइने स्वास्थ्य सेवा विभागले जनाएको छ । जोन्सन एण्ड जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेर समूहका पहिलो खोप लगाउन बाँकी सबै तथा पूर्ण र अति अशक्त, अपाङ्गता भएका नागरिक र नेपालमा रहेका शरणार्थीलाई दिइने भएको छ।