१३ बैशाख २०८१, बिहीबार

एमाले कार्यदलको १० बुँदे सहमति स्वागतयोग्यः नेता भट्टराई

yogesh bhattarai
फाइल फोटो

नेकपा (एमाले)का नेता योगेश भट्टराईले एमाले विवाद समाधान गर्न गठित कार्यदलले गरेको १० बुँदे सहमति स्वागतयोग्य भएको बताएका छन् । नेता भट्टराईले सामाजिक सञ्जालमार्फत् सहमति स्वागतयोग्य भन्दै यसको कार्यान्वयन गर्दै र एकतालाई थप सुदृढ पार्दै अघि बढ्नुपर्ने कार्यभार रहेको बताएका हुन् ।

‘नेकपा एमालेको आन्तरिक समस्या समाधानका लागि गठित वार्ता समितिद्वारा पार्टी एकताका लागि प्रस्तावित १० बुँदे सहमति स्वागत योग्य छ ।’ नेता भट्टराईले भनेका छन्, ‘यसको कार्यान्वयन गर्दै, एकतालाई थप सुदृढ गर्दै, विश्वास निर्माण गर्दै आगामी कुनै पनि प्रतिस्पर्धामा एमालेको श्रेष्ठता कायम गर्न अघि बढ्नु समस्त नेता, कार्यकर्ता र सदस्यहरुको युगिन कार्यभार बनेको छ ।’