१५ चैत्र २०८०, बिहीबार

फोटोसप गरिएको तस्बिर इभान्का ट्रम्पलाई मन परेपछि…..

Ivanka Trump

हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दुईदिने भारत भ्रमण सम्पन्न भएको छ।

भ्रमणका क्रममा ट्रम्पसँग श्रीमती मलेनिया ट्रम्पसँगै ट्रम्पका ज्वाँइ ज्यारेड कुस्नर र छोरी इभान्का ट्रम्प पनि भारत पुगेका थिए।

इभान्काले भारत भ्रमणका क्रममा आगरास्थित ताज महलमा भ्रमण गरेकी थिइन्। इभान्काले भ्रमण गरेका स्थानहरुको तस्बिर भारतीय नागरिकले फोटोसप गरेर रोचक किसिमको बनाएपछि यतिबेला ट्रम्पकी छोरी इभान्काले उक्त तस्बिरहरुमा प्रतिक्रिया जनाएकी छिन्।

हाल फोटोसप गरिएका तस्बिरहरु भाइरल बनिरहेका छन्। यसबीचमा इभान्काले भारतीय नागरिकको माया र सद्भावले आफू अत्यन्त खुशी भएको बताएकी छिन्।

उनले आफ्नो ट्वीटरमै उक्त तस्बिरहरु सेयर गरेर फोटोहरु राम्रो लागेको बताएकी छिन्।

donal trump