७ बैशाख २०८१, शुक्रबार

दुई थान पेस्तोल १७ राउण्ड गोलीसहित तीन युवक पक्राउ

IMG 20210711 171858 750x375 1

प्रदेश २ प्रहरी कार्यालय जनकपुर र प्रहरी चौकी ब्रहमपुरीबाट खटेको संयुक्त प्रहरी टोलीले हतियार सहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले सर्लाहीको ब्रहमपुरी गाउँपालिका २ स्थित मोहनपुर सडकखण्डमा हतियार सहित शुक्रबार साझ तीन युवक पक्राउ गरेको छ । ब्रहमपुरी गाउँपालिका–४ त्रिभुवननगर बस्ने २३ वर्षीय रमेश मण्डल, २० वर्षीय लाली भन्ने नुर आलम मन्सुर र १९ वर्षीय राहुल भन्ने इवरान रायभाट रहेको प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट २ थान पेस्तोल, त्यसमा प्रयोग हुने १७ थान गोली, ४ थान म्याग्जीन र ३ थान मोवाइल सहित पक्राउ गरेको हो । प्रहरीका अनुसार बीआर ३० एक्स ६०११ नम्बरको मोटरसाइकलमा हातहतियारसहित भारतबाट नेपालतर्फ आउँने क्रममा गोप्य सूचनाको आधारमा प्रदेश २ प्रहरी कार्यालय जनकपुर र प्रहरी चौकी ब्रहमपुरीबाट खटेको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुलाई हातहतियार सहित पक्राउ गरिएको थियो । उनीहरुमाथि थपअनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

IMG 20210711 171840 1024x611 1