७ बैशाख २०८१, शुक्रबार

रौतहटमा बलात्कार आरोपमा काँग्रेस नेता पक्राउ

rautahat police 1

रौतहटमा बलात्कार आरोपमा नेपाली काँग्रेसका एक स्थानीय नेता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कांग्रेसका स्थानीय नेता ५० वर्षीय नागेश्वर कुश्वाहा रहेका छन् । स्थानीय एकजना विवाहित महिलालाई करणी गरेको आरोपमा कुश्वाहामाथि जबर्जस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरेर जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थमाई थप अनुसन्धान अघि बढाईएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले बताउनु भयो । ३ दिनअघि उनले पीडित महिलालाई केही घरायसी प्रयोगको सामान खरिद गर्न भनी आफ्नो मोटरसाइकलमा राखेर गरुडा बजारतर्फ लगेका थिए ।

बजार भन्दा केहीवरै पर्ने किनारको कांसघारीमा लगेर उनले जबरजस्ती करणी गरेको महिलाले मौखिक उजुरी दिए पछि आएपछि थप कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय गरुडा पठाएको प्रहरीको भनाइ छ ।