७ बैशाख २०८१, शुक्रबार

मुख्य राजमार्ग नारायणगढ मुग्लिन सडकमा पहिरोको सकसः बर्षात नरोकिए जोखिम बढ्दै जाने

212711254 201026125276575 2796890020427602576 n

संघीय राजधानी काठमाण्डौ जोड्ने मुख्य राजमार्ग नारायणगढ मुग्लिन सडकखण्डमा लगातारको पहिरोका कारण जोखिमसँगै समस्या बढ्दै गएको छ । लाइफ लाइन मानिएको सडकखण्डमा पहिरोको सकस अझै लामो समय जाने देखिएको छ । धरापजस्तै बनेको सडकमा जोखिम मोलेर यात्रा गर्नेहरुका कारण झनै समस्या थपिएको छ ।

निरन्तर परेको झरीका कारण विगत १० दिनदेखि नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खस्ने क्रम चलिरहेको छ । नारायणगढ मुग्लिन सडकखण्डमा खसेको ठूलो ढुङ्गा एक हप्तादेखि निरन्तर कोसिस गर्दा पनि फुट्न सकेको छैन । असार १७ साँझ खसेको उक्त ढुङ्गालाई १८ गतेदेखि फुटाउन सुरु गरिएको थियो । तर निरन्तर फुटाउने कोसिस गर्दा पनि उक्त ढुङ्गा फुट्न नसकेको हो ।

मुग्लिनदेखि नारायणगढतर्फ चारकिलो, पाँचकिलो र नारायणगढदेखि मुग्लिनतर्फ चौधकिलो र बीसकिलो सेती दोभानमा भीषण पहिरो गएको छ । बर्षात नरोकिए अझै महीनौसम्म पहिरोको सकस रहने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख भगवानराज थापाले बताए । ‘बर्षा नरोकिए पहिरोको समस्या लामो समयसम्म रहने अवस्था छ’ उनले भने ‘जोखिम बढ्दै गएकोले वैकल्पीक मार्गको प्रयोग गर्न अनुरोध गरेकाछौँ ।’

माथि छङ्गाछुर भिर, तल गहिरो त्रिशुली नदी । ठूल्ठूला ढुंगा र लेदोमाटो सहित खसेको पहिरोले सडकको नामनिसान मेट्न लागेको जस्तो देखिन्छ । त्रिशुलीको धमिलो पानीमा डुब्नेगरी माथिबाट उसैगरी ढुंगा खसिरहन्छ । तैपनि ठूलाठूला ढुंगा छल्दै, नाघ्दै गाडी गुडिरहेका हुन्छन् । यो सडकखण्डमा साना सवारी साधान र मोटरसाइकल चालकहरु अत्यन्त जोखिम मोल्ने गरेको बताउदै थापाले जोखिमको समयमा यो मार्ग प्रयोग नगर्न अनुरोध गरिएको जानकारी दिए ।

यात्रुका आफ्नै वाध्यता छन् । पहिरो भएपनि वाध्यता परेकाले तिन दिन अगाडी १८ घण्टा जाममा वसेर जोखिम मोलेरै यात्रा गर्नुपरेको काठमाण्डौबाट चितवन आएका विनोद मिश्रले बताए । रहर होइन वाध्यताले यात्रा गर्नु परेको बताउदै उनले राज्यले साधान श्रोत प्रयोग गरेर पहिरो पन्छाउनुपर्ने बताए ।

सडकखण्डका विभिन्न ठाउँमा माटोको लेदोसँगै ठूला चट्टान खसिरहेको देखिन्छ  । सडक त्रिशूली नदीतर्फ भासिन थालेको छ, कतै कुन बेला पहिरो खस्छ भन्ने ठेगान छैन । ठाउँ–ठाउँमा खसेका पहिरोले थुनिएका यात्रु र चालक पहिरो खुल्ने प्रतीक्षामा बसेका हुन्छन । केहीबेर सडक खुले पनि उतिखेरै फेरि बन्द हुन्छ ।

मोटरसाइकल चलाउनेहरू यति हतारमा देखिन्छन् कि पहिरो खसिरहे पनि जोखिमको वास्ता नगरी अगाडि बढ्छन । जोखिम मोलेर यात्रा गर्नुभन्दा केही समय रोकिएर यात्रा गरे सहज हुने सवारी चालक श्याम लामा बताए ।

पहिरोका कारण होस या अरु कुनै कारण सडकमा जाम भएपछि गाडी चलाउँदा चालकले आफ्नो लेनमा बसेमा थप जाम नहुने भएकोले हतार नगर्न ट्राफिक प्रमुख थापाको आग्रह छ । मोटरसाइकल र साना गाडीको लाइन हुने र केही समय जाम खुल्दा भिड हुनेगरी सवारी चलाइने गरेका कारण थप समस्या भएको ट्राफिक प्रमुख थापाले बताए ।

नारायणगढ–मुग्लिन सडकलाई एसियाली मापदण्ड अनुरूपको दुई लेनको फराकिलो सडक बनाउन विस्तारको समयमा ठाउँ–ठाउँमा पहाड काटिएको थियो । बर्षातको समयमा हरेक बर्ष पहिरोका कारण यस सडकखण्डमा समस्या पर्दै आएको छ । राजधानीबाट