१३ बैशाख २०८१, बिहीबार

जङ्गलमा रोकिराखेको मन्त्रालयको गाडीभित्र यौन क्रियाकलाप गरिरहेको भेटिएपछि….

Randy couple are filmed having sex 1024x768 1
सांकेतिक तस्विर

यौनजन्य क्रियाकलाप गरिरहेको अवस्थामा तीन व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई पुरुष र एक महिला छन् । प्रहरी स्रोतका अनुसार बुधबार राति ११ बजे सूर्यविनायक नगरपालिका ७ घ्याम्पेडाँडाको जङ्गलमा रोकिराखेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र उनीहरु ‘रंगेहात’ पक्राउ परेका थिए ।

प्रदेश ३-०१-००२ झ ५०५२ नम्बरको गाडीबाट उनीहरुलाई पक्राउ गरिएको स्रोतले बतायो । गस्ती गएको प्रहरीले गाडीभित्र निर्वस्त्र अवस्थामा महिला र पुरुषहरुलाई देखेका थिए ।