१२ बैशाख २०८१, बुधबार

अभिनेत्री जेनी कुँवरद्धारा आत्महत्या

jeny
फाइल फोटो

अभिनेत्री जेनी कुँवरले आत्महत्या गरेकी छन् । उनले काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती ९ बजे आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरिक्षक केशर न्यौपानेका अनुसार उनको शव उक्त अपार्टमेन्टमा भेटिएको हो । प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरेको खुलेको र घटनाबारे मुचुल्का तयार पार्ने काम भैरहेको प्रहरीले जनाएको छ । उनले ‘जिन्दगानी’ मैदान, जीवनदाता, कानुन, अभिमन्यु, विन्तिपत्र, मलाई माफ गरिदेऊ लगायतका दर्जनौ नेपाली फिल्ममा अभिनय गरेकी थिइन् ।

    सम्बन्धित समाचार...