११ बैशाख २०८१, मंगलवार

मोडल तथा कलाकार निशा घिमिरेको स्वास्थ्य अवस्था सुधारोन्मुख

nisha ghimire 1

नर्भिकमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको अवस्था सुधारोन्मुख रहेको नर्भिक अस्पतालले जनाएको छ । दुर्घटनामा परेर उपचारका लागि तीन वर्षदेखि उपचारको अभावमा मृत्युसँग लडिरहेकी घिमिरेको नर्भिकमा उपचारका ल्याएसँगै स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । कलाकार घिमिरेले केही दिनअघि आफ्नै दाँतले गाला टोकेपछि अत्याधिक रक्तश्राव भएको थियो ।

रक्तश्रावका कारण श्वास फेर्न कठिनाई भएपछि उनलाई भेन्टिलेटरमा राख्नुपरेको थियो । आफ्नै दाँतले टोकिएको गालाको भित्री भागमा टाँका नै लगाएर उपचार गरेसँगै उनको अवस्थामा सुधार भएको थियो । जसका कारण गत सोमबार भेन्टिलेटरमा राखिएकी घिमिरेलाई बुधबारदेखि भेन्टिलेटरबाट निकालिएको अस्पतालले जनाएको छ ।

हाल उनी आफैंले श्वास फेरिरहेकी छिन् र गालाको भित्री भागमा टोकिएर बनेको घाउ समेत निको हुने क्रममा रहेको छ । बाँकी स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको चिकित्सकहरुले जनाएका छन् । हाल उनलाई सीसीयू वार्डमा राखेर उपचार जारी राखिएको छ । नर्भिक अस्पतालले ह्विलचेयर थेरापी, म्युजिक थेरापी लगायतका विभिन्न विधिबाट उनको उपचार गरिरहेको छ ।