७ बैशाख २०८१, शुक्रबार

पहिरोमा परेर एक जना वेपत्ता, ४१ बाख्रा पुरिए

60e529a8de8db phairo baglung

बागलुङको ताराखोला गाउँपालिकामा पहिरोमा परी एक जना बेपत्ता हुनुभएको छ । मंगलबार राती वर्षासँगै आएकाको पहिरोमा ताराखोला गाउँपालिका-३ हिल घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्की सम्पर्क बिहीन रहेको इलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी प्रमुख लक्ष्मण न्यौपानेले जानकारी दिनुभयो।

बढीले स्थानीय चन्द्र कार्कीको ४१ वटा बाख्रा पुरेको छ । जस मध्ये अहिलेसम्म १० वटा जिवित र २७ वटा मृत बाख्रा निकालिएको प्रहरीले जनाएको छ ।

वर्षाका कारण इदि टोलबाट झरेको पहिरो र बाढीले स्थानीय ध्रुव खत्रीले संचालन गरेको एक रेष्टुरेन्ट समेत बगाएको छ । बाढीसँगै खोलामा पानीको बहाब बढेर घुस्मेली बजार क्षेत्रमा पस्न थालेको स्थानीयको भनाई छ । बजार क्षेत्रका करिब २५ घर परिवारलाई रातिनै सुरक्षित स्थानमा सारिएको थियो । उद्दारका लागि इलाका प्रहरी कार्यालय गलकोटबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरीको थप टोली घटनास्थलमा पठाएको डिएसपी ईकवाल हवारिले बताउनुभयो ।