१६ चैत्र २०८०, शुक्रबार

१३ दिनमै फेरि बढ्यो पेट्रोल, डिजल र मट्टितेलको मूल्य

Nepal Oil NOC

नेपाल आयल निगमले पेट्रोल डिजल र मट्टितेलको मूल्य बढाएको छ। यसअघि समायोजन भएको १३ दिनमै मूल्य बढेको हो। प्रतिलिटर २ रुपैयाँले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाइएको निगमले जनाएको छ। अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९, डिजल तथा मट्टितेलको प्रतिलिटर ११२ रुपैयाँ कायम भएको छ।

यसअघि असार ९ गते निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।