७ बैशाख २०८१, शुक्रबार

सुजिता मृत्यु प्रकरणः पूर्वीचितवनमा भोलि बेलुकासम्म कर्फ्यु जारी (आदेशसहित)

chitwan prasasan

सुजिता भण्डारीको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै पूर्वी चितवनमा गरिएको प्रदर्शन उग्र बनेपछि कर्फ्यु लगाइएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले २४ घण्टाका लागि निश्चित ठाउँ तोकेर कर्फ्यु आदेश जारी गरेको हो । भण्डारीको गृहक्षेत्र राप्ती नगरपालिकामा पर्ने पूर्व–पश्चिम राजमार्गमा स्थानीयले टायर बालेर प्रदर्शन गरेका थिए । सोही क्रममा केहीबेर झडप समेत भएको थियो । सो क्रममा ७ जना प्रहरी घाइते भएका छन । प्रहरीले केही राउण्ड अश्रुग्यास समेत प्रहार गरेको थियो ।

पूर्वी चितवनको राप्ती नगरपालिका–१ लोथर पुलदेखि राप्ती–४ डडुवासम्मको राजमार्गको दायाँ बायाँ ५ सय मिटरभित्र पर्ने क्षेत्रमा कर्फ्यु लगाइएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए।

कर्फ्यु आज साँझ ७ः३० बजेदेखि भोलि बेलुका ७ः३० सम्मका लागि जारी गरिएको हो ।

210610713 2160370784106125 3411682015836449084 n