१६ चैत्र २०८०, शुक्रबार

विप्लवका केन्द्रीय सदस्य ओलीसहित १४ जनालाई रिहा गर्न सर्वोच्चको आदेश

biplav 1024x624 1
फाइल फोटो

सर्वोच्च अदालतले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य चूडामणि ओली आदर्शसहित १४ जनालाई रिहा गर्न आदेश दिएको छ ।

आगजनीलगायतका मुद्दामा प्रहरी थुनामा रहेका उनीहरुलाई सर्वोच्चले मंगलबार रिहा गर्न आदेश दिएको हो । आदर्श विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य हुन् भने अन्य विभिन्न तहका नेता कार्यकर्ता रहेको बताइएको छ । उनीहरु हाल अछाम र बाजुरा कारागारमा रहेका छन् । विप्लव नेतृत्वको नेकपासँग सरकारले तीन महिनाअघि गरेको सहमतिअनुसार पक्राउ परेका नेता कार्यकर्ता रिहा गर्ने भनिएपनि हालसम्म रिहाइ हुन नसकिरहेको बेला सर्वोच्चले आज सो आदेश दिएको हो ।