६ बैशाख २०८१, बिहीबार

चर्चित हलिउड चलचित्रका निर्देशक रिचर्ड डोनरको निधन

richard donner

सुपरम्यान र द गूनिज सहितका फिल्मको निर्देशन गरेका हलिवूड निर्देशक रिचर्ड डोनरको निधन भएको छ । उनको ९१ वर्षको उमेरमा निधन भएको हो ।

डोनरको सोमाबार निधन भएको फिल्म निर्माता समेत रहेकी उनकी श्रीमती लरेन शुलर डोनरले डेडलाइनलाई जानकारी दिएकी हुन् ।
डोनरले द ओमेन, फ्री विली, द लस्ट बोइजसहितका फिल्म पनि बनाएका हुन् ।

न्यूर्योकको ब्रोङ्क्समा जन्मिएका डोनरले सन् १९६० को दशकको सुरुमा काम सुरु गरेका थिए । उनले एन्थोलोथी जनराका फिल्म पनि बनाएका छन् ।

डोनरले सफलता भने सन् १९७० को दशकमा पाए । सन् १९७८ को फिल्म सुपरम्यानलाई पहिलो आधुनिक सुपरहिरो फिल्मका रुपमा लिइन्छ ।

उनले सन् १९८५ मा द गूनिजको निर्माण तथा निर्देशन गरेका हुन् । डोनरप्रति विभिन्न क्षेत्रबाट श्रद्धाञ्जली अर्पण भएको छ ।