१६ चैत्र २०८०, शुक्रबार

आगामी कार्तिक र मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत

Election Commission Nepal

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा आज बसेको आयोगको बैठकले आगामी कार्तिक २६ गते शुक्रबार पहिलो चरण र मंरिमा ३ गते शुक्रबार दोस्रो चरणमा गरी दुई चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

स्वीकृत कार्यतालिका अनुसार यही असार ३१ गतेदेखि आगामी साउन १५ गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको छ ।

मतदाताहरुको अन्तिम मतदाता नामावली आगामी भदौ २३ गते प्रकाशन गरिने कार्यक्रम रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
स्वीकृत कार्यक्रम अनुसार पहिलो चरणमा सम्पन्न हुने पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम आगामी असोज २१ गतेदेखि असोज २६ गतेसम्म संचालन हुनेछ भने दोस्रो चरणमा सम्पन्न हुने निर्वाचनका लागि निर्वाचन कार्यक्रम आगामी असोज ३१ गतेदेखि आगामी कार्तिक ५ गतेसम्म सञ्चालन हुनेछ ।

समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम आगामी भदौ २ गतेदेखि आगामी कार्तिक २ गतेसम्म सञ्चालन हुने आयोगले जनाएको छ ।