७ बैशाख २०८१, शुक्रबार

आमिर र किरणको सम्बन्ध विच्छेदको घोषणापछि आमिरकी छोरी इराको प्रतिक्रिया

ira

बलिउड अभिनेता आमिर खान तथा फिल्मकर्मी किरण रावको सम्बन्ध विच्छेदको घोषणाले सबैलाई आश्चर्यमा पारेको छ ।

विवाह भएको करिव १५ वर्षपछि एक विज्ञप्ती जारी गर्दै आफूहरु अलग्गिने बताएका हुन् । एक सन्तानका बाबुआमा समेत भइसकेका आमिर किरण छुट्टिने घोषणा गरेका हुन्।

आमिर र किरण रावले एउटा साझा वक्तव्य जारी गर्दै मानिसहरुलाई आफ्नो सम्बन्ध विच्छेद गर्ने योजनाको बारेमा बताएका थिए ।

त्यसको केही समयमा नै आमिरकी छोरी इरा खानले सामाजिक सञ्जालमा एउटा पोस्ट शेयर गरेकी छिन् ।

फिल्म ‘लगान’को सेटमा भेट भएका आमिर र किरणको विवाह सन् २००५ को डिसेम्बर २८ मा भएको थियो । उनीहरुको पहिलो सन्तानका रुपमा २०११मा आजादको जन्म भएको थियो । आमिरले यसअघि रीना दत्तसँग विवाह गरेका थिए । विवाहको १६ वर्षपछि उनीहरुले सन् २००२ मा डिभोर्स गरेका थिए । उनीहरुको छोरी इरा र छोरा जुनैद रहेका छन् ।

इरा आमिर खान र उनकी पहिली श्रीमती रीना दत्ताकी छोरी हुन् ।

इराले आफ्नो एउटा तस्वीर शेयर गर्दै लेखेकी छिन्–‘अब के हुन्छ ? अघिल्लो रिभ्यू भोलिमात्र…।’ इराको यो पोस्ट सामाजिक सञ्जालका प्रयोगकर्ताको नजरबाट बच्न सकेन ।

धेरैले यसलाई आमिर र किरणको सम्बन्ध विच्छेदसंग जोडेर हेरेका छन् भने प्राय इरा डल देखिनुको कारण सोधिरहेका छन् ।

कतिपयले इराबाट अब उनका बुवाको निजी जीवन कसरी अघि बढ्न भन्ने जिवज्ञासा समेत राखेका छन् ।
यद्यपि, उनले कुनै प्रतिक्रिया जनाइसकेकी छैनन् ।

उनले आज आइतबार सामाजिक सञ्जालमा के कुरा राख्निछन् भन्ने कुराले कौतुलहता बढाएको छ, किनभने उनले अघिल्लो पोस्टमै थप कुरा भोलि बताउनु भनेकी छिन् ।

त्यसो त इरा खान के भन्न चाहन्छिन्, त्यो कुरा उनलाई राम्रोसंग थाहा होला । सामाजिक सञ्जालका प्रयोगकर्ताहरुको काम अनुमान लगाउनु मात्र हो ।

इराका प्रायस् पोस्टहरु भाइरल भइरहेका हुन्छन् । आमिर र किरण राव दुबैले प्रोफेशनल रुपमा संगै काम गर्ने र आफ्नो छोराको लालनपालन पनि मिलेर गर्ने बताएका छन् ।

उनीहरुले आफ्नो सम्बन्ध विच्छेदलाई कुनै अन्त्यको रुपमा नहेरेर नयाँ शुरुवातको रुपमा हेर्न भनेका छन् ।

यस्तै सलमान खानले आमिरको विवाहको बारेमा राखेको भनाई पनि ट्विटरमा चर्चा बटुल्दै छ ।